Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आज पनि शेयर बजार ओरालो लाग्यो, कारोबार रकममा समेत गिरावट

काठमाडौं, ३० कार्तिक । शेयर कारोबारको साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओरालो तर्फ लागेको छ । विहिबार शेयर बजार दोहारो अंकले ओरालो लागेको हो । १५०४.७९ विन्दुबाट शुरु भएको शेयर बजार १५.७३ अंकले घटेर १४८९.०६ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै अन्य समुहगत परिसुचकहरु समेत ओरालो लागेका छन् । आज विहिबार केहि वीमा कम्पनीहरुको वित्तीय विवरणहरु सार्वजनिक भएका छन् । सार्वजनिक वित्तीय विवरणहरुमा वीमा कम्पनीको मुनाफामा आर्जनमा वृद्धि आए पनि शेयर बजारमा भने यसको प्रभाव देखिएन । शेयर बिक्रीको चापले नै बजारमा नकारात्मक दवाब परेको थियो ।

विहिबार १५८ कम्पनीहरुको ९३ हजार ४४७ कित्ता शेयरहरुको किनबेचबाट ४४ करोड १० लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ । तुलनात्मक हिसावमा कारोबार रकम र शेयर खरिद बिक्रीमा बुधबार भन्दा विहिबार कमी आएको छ । बुधबार ७५ करोड रुपैयाँ माथि कारोबार भएको थियो ।

साताभरको शेयर बजारको स्थिति

यस साताको पहिलो तिन शेयर बजारमा व्यापक सुधार देखियो । साताको पहिलो दिन आइतबार १४६०.७३ विन्दुमा खुलेको शेयर बजार १६.४१ को वृद्धिसंगै १४७७.१४ विन्दुमा पुगेको थियो । सोमबार पनि १३.७४ अंकको सुधार हुँदै नेप्से परिसुचक १४१९.८८ विन्दुमा उक्लेको थियो । यस्तै मंगलबार २५.१४ अंकले वृद्धि गरि १५१६.०२ विन्दुमा शेयर बजार पुगेको हो । साताको तिन दिन शेयर बजार ५५.२९ अंकले बढेको थियो । तर सोहि वृद्धिको लय बुधबार र विहिबार शेयर बजारले समात्न सकेन । बुधबार ११.२३ अंक र विहिबार १५.७३ अंकले बजार ओरालो झर्याे । साताको पहिलो तिन दिनमा ५५.२९ अंकले बढेको शेयर बजार अन्तिम दुई दिनमा २६.९६ अंकले घटेको छ ।

साताको पहिला तिन दिन शेयर खरिदको चापका कारण शेयर बजार सुधार भएको हो । घटिरहेको शेयर बजारमा शेयरको मुल्य सस्तो भएपछि फाइदा उठाउँदै लगानीकर्ताहरुले शेयर खरिद गरेका थिए । तर छोटो अवधिमा नै मुनाफा संचित गर्न लगानीकर्ताहरुले बुधबार र विहिबार शेयर बेचेका छन् । छोटा अवधिमा भएको लगानी र मुनाफा संचितीको अवस्था बुधबार र विहिबार शेयर बजारमा देखियो ।

साताभर शेयर बजारमा ११.९२ अंकको वृद्धि देखिएको छ । आइतबारको तुलनामा शेयर बजार विहिबारसम्ममा ११.९२ अंकले बढेको हो । यस्तै गत साता विहिबारको तुलनामा भने नेप्से परिसुचक २८.३३ अंकले बढेको छ । यो साता शेयर बजारमा कारोबार रकममा समेत व्यापाक उतारचढाप आएको छ । आइतबारको कारोबार रकम ३९ करोड ७१ लाख रुपैयाँ रहेकोमा सोमबार यो बढेर ७१ करोड ४६ लाख पुगेको थियो । यस्तै मंगलबार कारोबार रकम ७५ करोड ११ लाख रुपैयाँ थियो । तर बुधबार शेयर बजार घट्दा कारोबार रकम ५९ करोड ७८ लाख रुपैयाँ संकुचित भएको छ । यसैगरि साताको अन्तिम दिन विहिबार कारोबार रकम बुधबारको तुलनामा थप घटेर ४४ करोड १० लाख रुपैयाँमा झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x