Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

आईबीएन मिडियाद्वारा नेपालमा लगानीका अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आईबीएन मिडियाद्वारा नेपालमा लगानीका अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १४ वैशाख । मुलुककै पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम अर्थको अर्थ ३१ औं वर्षमा प्रवेश गरेको छ । ३१ औं वार्षिकोत्सवको अवसरमा आईबीएन  मिडिया एण्ड रिसर्च प्रालीले नेपालमा लगानीका अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले मुलुकमा लगानी भित्र्याउन आधारभुत पूवाधारको पर्याप्तता महत्वपूर्ण रहेको भन्दै बजारको उपलब्धता, सुनिश्चितता र परियोजनाहरुको दिगो कार्यान्वयन तथा स्पष्ट मार्गचित्र बनाउन नसके गन्तव्यमा पुग्न नसकिने बताए । यस्तै सरकार र नीजि क्षेत्रको सहकार्य अपरिहार्य रहेको भन्दै उनले नीजि क्षेत्रको आत्मविश्वास बढाइ जिम्मेवार बनाउनु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले लिएको दिगो विकासको लक्ष्य हासिल गर्न थुप्रै चुनौतिहरु औल्याए । ठूलो बैदेशिक लगानी आउनुपर्ने भन्दै नेपालमा यातायात, उर्जा, औद्योगिक जस्ता धेरै क्षेत्रहरुमा लगानीको अवसर रहेको बताए र्। उर्जा केन्द्रित लगानी सम्मेलनका जोखिमहरु बैंकको ओभर एक्सपोजरको जोखिम, इक्युटी फाइनान्स गर्न पैसा खोइ ? दिगो विकास लक्ष्य हासिल गर्न ३० खर्ब पैसा चाहिन्छ । उनले भने, नेपालमा यातायात, उर्जा, औद्योगिक जस्ता धेरै क्षेत्रहरुमा लगानीको अवसर छ । तर यसका लागि ठूलो लगानी चाहिन्छ। इसका लागि वैदेशीक लगानी आउनुपर्छ । यसका लागि सरकारले कानूनी र नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक छ ।’

शुक्रबार सम्पन्न कार्यक्रममा लगानी बोर्ड नेपालका सहसचिव बाबुराज अधिकारी र बैंकिङंविद् अनलराज भट्टराईले पेपर प्रेजेन्ट गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x