Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

प्रिमियर इन्स्योरेन्सकाे एफपीओसमेतलाई गरी १३.५२ बोनस प्रस्ताव

प्रिमियर इन्स्योरेन्सकाे एफपीओसमेतलाई गरी १३.५२ बोनस प्रस्ताव

काठमाडौं, २५ पौष । गएको हप्ता मात्रै एफपीओ निष्काशन बन्द गरेको प्रिमियर इन्स्योरेन्सले सो एफपीओवालाले समेत पाउने गरी लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १३.५२ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७ सय४९ रुपियाँ नगद लाभांश समेत घोषणा गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांस एफपीओ मार्फत बिक्री गरिएको ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता सेयरले पनि पाउने कम्पनीले जनाएको छ । कम्पनीले गत पुष १६ गतेदेखि १९ गतेसम्म एफपीओ बिक्री गरेको थियो जसको हालसम्म बाँडफाँड गरिएको छैन ।
अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ पूजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । बोनसपछि कम्पनीको पूँजी ५८ करोड नाघ्ने छ । कम्पनीले बीमा समितिले तोके बमोजिम एक अर्ब पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा थप ४२ करोड पूँजी जुटाउनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x