लोमस फर्मासिटिकल्स र ह्याम्स हस्पिटलबीच व्यापारिक/सामाजिक काम गर्ने सम्झौता

काठमाडाैं, २५ वैशाख । लोमस फर्मासिटिकल्स प्रालि र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ। स्वास्थ्य शिविरका लागि आवश्यक औषधी खरिदको विषयलाई लिएर लोमस र ह्याम्सबीच सम्झौता भएको हो।
लोमस फर्मासिटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डे र ह्याम्स हस्पिटलकी सिनियर डाइरेक्टर सची रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
लोमस फर्मासिटिकल्सले औषधी उत्पादन एवंम विक्रि वितरण गर्दै आएको छ। अस्पतालसँग भएको सम्झौता अनुसार आवश्यक औषधीहरु समेत लोमसको खरिद गर्ने छ।