Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मिरमिरे माइक्रोफाइनान्सको मुल्य समायोजन

मिरमिरे माइक्रोफाइनान्सको मुल्य समायोजन

काठमाडौं, २ जेठ । बोनस शेयर प्रयोजनको लागि मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता २५१८.३५ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार माइक्रोफाइनान्सको शेयर आधार मुल्य २०४४.१७ रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले ३०.८० प्रतिशत बोनस शेयर दिने भएको छ ।

माइक्रोफाइनान्सले जेठ २५ गते बस्ने सातौं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई ३०.८० प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ५ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै नेपाल धितोपत्र बोर्डले मिरमिरे माइक्रोफाइनान्सलाई १ बराबर १ कित्ता अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृती दिएको छ । माइक्रोफाइनान्सले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । माइक्रोफाइनान्सले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर र बोनस शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x