Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

युनिलिभर नेपालको लाभांश सुनिश्चित गर्न आज अन्तिम मौका

युनिलिभर नेपालको लाभांश सुनिश्चित गर्न आज अन्तिम मौका

काठमाडाैं, ९ कार्तिक । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्न आज अर्थात् कात्तिक ९ गते, आइतबार, अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ।

भोलि कात्तिक १० गते छठ पर्वको सार्वजनिक बिदा भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूलाई मात्रै कम्पनीले वितरण गर्न लागेको लाभांश प्राप्त हुने अधिकार हुनेछ।

कम्पनीले आगामी कात्तिक २५ गते, मंगलबार, काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटल मा आफ्नो ३२औं वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

सभामा प्रति शेयर १,८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य एजेन्डा रहेको छ। त्यसका साथै नयाँ लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदानको प्रस्ताव अनुमोदन गर्ने लगायतका विषयहरू पनि छलफलमा रहनेछन्।

युनिलिभर नेपाल, नेप्सेमा सूचीबद्ध सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीहरूमध्ये एक मानिन्छ। लगानीकर्ताहरूका लागि कम्पनीको यो साधारण सभा महत्वपूर्ण हुने देखिन्छ, किनभने यसले आगामी वर्षको लाभांश नीति र कारोबारी योजनामा समेत संकेत दिनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *