Date

बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

काठमाडौं, ११ कार्तिक । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।

मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो ।

आज न्यादि हाइड्रो पवार, बुटवल पावर कम्पनी र एक्सेल डेभलप्मेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य भने ६.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ । कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ९४ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ भने होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक करिब १ प्रतिशतले घट्दै नकारात्मक क्षेत्रमा रह्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *