सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई नेपाल मेडिसिटीमा उपचारमा छुट
काठमाडौं, ४ असोज । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरस्थित नेपाल मेडिसिटी बीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् ।
बैंकले हाल काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय २१ स्थानबाट वित्तिय सेवा दिदै आएको छ ।