Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अफ्रिकी मुलुक सेशेल्समा एनआरएनए एनसिसि गठन

अफ्रिकी मुलुक सेशेल्समा एनआरएनए एनसिसि गठन

काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ७९औ एनसिसिको रुपमा एनसिसि सेशेल्स गठन भएको छ । अफ़्रिकि मुलुक सेसेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जन संख्या भएको देश हो । अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय स्थलको रुपमा पनि परिचित छ ।

सो क्षेत्रमा पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन । गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी दिए ।

यस्तै अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनोज बिक र किशोर कुमार महर्जन, महासचिव कम्मान सिंह खत्री, सचिब बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता एकराज सुवेदी महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहेका छन् । सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू र बिष्णु चयन हुनु भएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x