Date

मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन शो प्रसारण हुँदै

आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन शो प्रसारण हुँदै

काठमाडौं, २ मंसिर । आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबार काठमाडौंको अनुपम फुडल्याण्डमा ग्राण्ड जुरी सम्पन्न भएको हो ।

बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसनका सेमिफाइनलिष्टहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

विज्ञ जुरी समक्ष आफ्नो प्रस्तुति दिएपछि सेमिफाइनलिष्टहरू स्पीड डेटिङमा सहभागी भएका थिए, जहाँ जुरीसँग ‘वान टु वान’ कुराकानी भएको थियो ।

आइसिटी अवार्ड २०२५ को विज्ञ जुरी सदस्यमा आइसिटी विज्ञ हेमपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका एशोसिएट डीन प्रा.डा. बालकृष्ण बाल, नेपाल खुला विश्वविद्यालयका स्कुल अफ टेक्नोलोजीका प्रमुख डा. भोजराज घिमिरे, सगरमाथा कलेजकी एशोसिएट प्रोफेसर गंगा सुब्बा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक डा. प्रदीप पौड्याल रहेका छन् ।

यस्तै द एशिया फाउन्डेसनका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित, नेपाल शान्ति प्रतिष्ठानकी कार्यकारी सदस्य सजना महर्जन अमात्य, राष्ट्रिय इन्नोभेसन सेन्टरका टिम लिड सञ्जय पौडेल, एनआई क्यापिटलका संस्थापक शिशिर पछाईं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह-सचिव सुवास ढकाल, स्वीस सरकार विकास सहयोग नेपाल इन्नोभेसन तथा डिजिटलाइजेसन क्षेत्रकी राष्ट्रिय कार्यक्रम अधिकृत स्नेहा भट्टराई, ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेल र दूरसञ्चार विज्ञ विशालमणी उपाध्याय जुरीमा रहेका छन् ।

ग्राण्ड जुरी सेसन पछि अब केही दिनमै स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिष्टहरू मध्येबाट अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरिने छ ।

यसअघि सेमिफाइनलिष्टको रूपमा उत्कृष्ट १२ स्टार्टअपहरुमा आर्कबो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल, इलाट्स लजिस्टिक, फास्टो नेपाल, म्याक ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्टस परेका थिए ।

त्यसैगरी उत्कृष्ट १२ प्रडक्टहरुमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुंगा इकमर्श विथ इआरपी, मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी, वायुदृष्टी पनि उत्कृष्ट १२ को सुचीमा पर्न सफल भएका थिए ।

उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई, माइण्ड ब्रिज, पि सेतु, फुलवारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक र भक्स भिजन परेका थिए ।

उत्कृष्ट सोसल इन्नोभेसनमा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस, आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टी परेका थिए ।

ग्राण्ड जुरी सेसन हुनुअघि आइसिटी अवार्ड २०२५ को प्रि इभेन्टको रूपमा सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट, ट्रेनिङ र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् ।

अब यी प्रिइभेन्टहरू विशेष एपीसोडको रूपमा मंसिर ३ गतेदेखि हिमालय टिभीमा समेत प्रसारण हुनेछन् ।

सन् २०१६ देखि सुरू भएको आइसिटी अवार्ड नेपालको सबैभन्दा ठूलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबार हुनेछ, जहाँ विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।

आइसिटी अवार्ड २०२५ को शीर्ष प्रायोजकमा इन्ड्राइभ रहेको छ भने इन एशोशिएसन विथमा नेपालपे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहकार्य रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *