नबिल बैंकको संस्थापक शेयरमा विशेष अवसर
काठमाडाैं, २ मंसिर । नबिल बैंकले आफ्ना तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेका कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नियमानुसार संस्थापक समूहभित्रै शेयर हस्तान्तरणका लागि प्राथमिक चरण सुरू गरेको जनाएको छ।
बैंकका संस्थापक शेयरधनीहरूबाट बिक्रीमा आएका शेयर यसप्रकार छन्—
- जीत बहादुर श्रेष्ठ: ५०,००० कित्ता
- जिज्ञाशा अर्याल: ५०,००० कित्ता
- जश श्रेष्ठ: २५,००० कित्ता
जश श्रेष्ठको स्वामित्वमा रहेका २५ हजार कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ताका लागि न्यूनतम मूल्य खुलाइएको छैन।
शेयर खरीदका लागि नबिल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै आवेदन दिन अनुमति छ। इच्छुक संस्थापकहरूले ३५ दिनभित्र दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा गोप्य शिलबन्दी मार्फत आफूले किन्न चाहेको शेयर संख्या र सोध कीमत उल्लेख गरी निवेदन दिनुपर्नेछ।
निर्धारित समयावधिभित्र संस्थापक समूहबाट आवेदन नआए बाँकी शेयर सर्वसाधारण बिक्री प्रक्रियामा लैजाने बैंकले जनाएको छ। बैंकका अनुसार संस्थापक शेयर व्यवस्थापनलाई पारदर्शी बनाउँदै स्वामित्व संरचनालाई व्यवस्थित गर्ने लक्ष्यसहित बिक्री प्रक्रिया अघि बढाइएको हो।




