Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

ओइता आगलागीमा उद्धार द्रुत, सुरक्षा प्राथमिकतामा

ओइता आगलागीमा उद्धार द्रुत, सुरक्षा प्राथमिकतामा

काठमाडाैं, ३ मंसिर । दक्षिण जापानको ओइता सहरस्थित सागानोसेकी तटीय क्षेत्रमा लागेको भीषण आगलागीपछि स्थानीय सुरक्षाकर्मी र राहत निकायले सतर्कतापूर्वक राहत तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। आगलागीका कारण १७० भन्दा बढी भवन क्षतिग्रस्त भए पनि अधिकांश बासिन्दाहरू सुरक्षित रूपमा उद्धार गरिएको छ।

मंगलवार साँझ करिब ५:४० बजे सुरु भएको आगो रातभरि फैलिँदै गएका कारण करिब १७५ जनाले आपतकालीन आश्रयस्थलमा शरण लिनुपरेको जापानको राष्ट्रिय दमकल तथा विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ। एक व्यक्ति बेपत्ता रहेको र उनको खोजी कार्य जारी छ।

आगोको कारणबारे अनुसन्धान भइरहेको छ। स्थानीय प्रसारकहरूले सार्वजनिक गरेका हवाई दृश्यमा समुद्रकिनारका आवासीय बस्तीमा ठूलो क्षति पुगेको र पहाडी क्षेत्रतर्फ बाक्लो धुवाँ उठिरहेको देखिन्छ। सागानोसेकी क्षेत्र उच्च गुणस्तरका ‘सेकी–ब्रान्ड’ म्याकरेल माछाका लागि प्रसिद्ध छ।

आगो नजिकका वन क्षेत्रतर्फ पनि केही भाग सल्किएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जोखिम बढ्न नदिई फैलावट रोक्नका लागि थप स्रोत–साधन परिचालन गरिएको छ।

ओइता प्रान्तका राज्यपालको अनुरोधपछि जापानी आत्मरक्षा बलको दमकल हेलिकोप्टर पठाइएको प्रधानमन्त्री सनाए ताकाइचीले एक्समार्फत जानकारी दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *