Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

शिखर इन्स्योरेन्स २२ वर्षमा प्रवेश: देशव्यापी रक्तदान पहलसँगै उत्सव

शिखर इन्स्योरेन्स २२ वर्षमा प्रवेश: देशव्यापी रक्तदान पहलसँगै उत्सव

काठमाडाैं, ३ मंसिर । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सव मनाउँदै २२औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले विभिन्न कार्यक्रम आयोजना गर्दै देशव्यापी रक्तदान अभियान पनि सफलतापूर्वक सम्पन्न गरेको छ।

देशभर बढ्दो रक्तको मागलाई मध्यनजर गर्दै कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको नेतृत्वमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सवमा कम्पनीका सिइओ दिप प्रकाश पाण्डेले संस्थापक सदस्य, लगानीकर्ता, कर्मचारी, नियामक निकाय र ग्राहकहरूलाई विशेष धन्यवाद व्यक्त गरे।

कम्पनीले हालसम्म करिब ६ अर्ब रुपैयाँ बीमा प्रिमियम संकलन र ४ अर्ब रुपैयाँ बराबरका दाबी व्यवस्थापन गरेको जनाएको छ।

आगामी दिनमा पनि शिखर इन्स्योरेन्सले बीमा प्राधिकरणद्वारा तोकिएका सबै नियमनकारी व्यवस्था, नीति तथा निर्देशिकाहरूको पालन गर्दै पारदर्शी र उत्कृष्ट कम्पनीको रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *