Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

६ विकास बैंकले लाभांश घोषणा, शेयरधनीको उत्साह बढ्यो

६ विकास बैंकले लाभांश घोषणा, शेयरधनीको उत्साह बढ्यो

काठमाडाैं, ३ मंसिर । आर्थिक वर्ष २०८१/८२ का लागि नेप्सेमा सूचिकृत ६ वटा विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। शाइन रेसुङगा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले आफ्नो नाफाबाट शेयरधनीलाई आकर्षक लाभांश दिने तयारी गरेका हुन्।

मितेरी डेभलपमेन्ट बैंक

बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साधारण सभा मंसिर ६ गते धरानको सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट आयोजना हुनेछ। बुक क्लोज मिति कात्तिक २३ देखि मंसिर ६ सम्म कायम गरिएको छ।

गरिमा विकास बैंक

गत आर्थिक वर्षको नाफाबाट बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। जसमा ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश रहेको छ। १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते सम्पन्न भइसकेको छ।

मुक्तिनाथ विकास बैंक

हाल कायम चुक्ता पूँजीको १८.२ प्रतिशत लाभांश वितरण गर्ने बैंकले घोषणा गरेको छ। यसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश रहेको छ। साधारण सभा कात्तिक १५ गते सम्पन्न भइसकेको छ।

कामना सेवा विकास बैंक

गत आर्थिक वर्षको नाफाबाट बैंकले कुल १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यसमा १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश वितरण हुने छ। साधारण सभा पनि सम्पन्न भइसकेको छ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंक

कुल १३ प्रतिशत लाभांश घोषणा गरिएको छ। जसमा ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण हुनेछ। बैंकले हालसम्म साधारण सभा र बुक क्लोज मिति तय गरेको छैन।

महालक्ष्मी विकास बैंक

गत आर्थिक वर्षको नाफाबाट कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश रहेको छ। साधारण सभा र बुक क्लोज मिति हाल तय भएको छैन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *