Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

माछापुच्छ्रे बैंकको डिजिटल उन्नति: नयाँ बैंकिङ समाधानमा बोलपत्र आह्वान

माछापुच्छ्रे बैंकको डिजिटल उन्नति: नयाँ बैंकिङ समाधानमा बोलपत्र आह्वान

काठमाडाैं, ३ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेवाहरू अझ आधुनिक र ग्राहक-मैत्री बनाउने उद्देश्यले ‘ओम्नी च्यानल रिटेल तथा कर्पोरेट इन्टरनेट बैंकिङ समाधान’का लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले योग्य राष्ट्रिय र अन्तर्राष्ट्रिय फर्म/कम्पनीहरूबाट आपूर्ति, कार्यान्वयन र समर्थनसम्बन्धी प्राविधिक, सुरक्षा, सञ्चालन, कार्यात्मक तथा वित्तीय प्रस्ताव मागेको छ। बोलपत्र फारम रु. १०,०००/- शुल्क तिरेर बैंकको लाजिम्पाटस्थित प्रधान कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

प्रस्ताव पेश गर्ने अन्तिम मिति नोभेम्बर २८, २०२५ (मंसिर १२, २०८२) दिउँसो ३ बजे रहेको छ। बैंकले कुनै पनि कारण नबताई प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा अस्वीकार वा स्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।

बैंकको यो पहलले भविष्यमा ग्राहकहरूलाई सहज, सुरक्षित र एकीकृत डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *