Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सिमरा घटनाबारे विश्वप्रकाश शर्माले भने- यो जेनजी भावना होइन, निषेधको राजनीति नगरौँ

सिमरा घटनाबारे विश्वप्रकाश शर्माले भने- यो जेनजी भावना होइन, निषेधको राजनीति नगरौँ

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमराको घटना जेनजी भावनाको दुरुपयोग भएकाे टिप्पणी गरेका छन् । उनले निषेधको राजनीति कसैले पनि नगर्न आग्रह गर्दै सबै राजनीतिक दलहरूलाई संयम र एकता कायम राख्न आह्वान गरेका छन्।

नेकपा एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि हाल सिमरा विमानस्थल बन्द भएकाे छ । एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता आज विमानस्थल पुग्ने कार्यक्रम रहेको थियो । तर उनीहरुलाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजीबीच झडप हुँदा विमानस्थल नै बन्द भएको हो ।

यसैबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यदि एमाले चुनावको विपक्षमा उभिएको छ भने उसलाई चुनावमा आउनका लागि आग्रह गर्नुपर्ने तर निषेधको राजनीति नगर्न दबाब बढाएका हुन् । ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो । त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’ उनले भनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *