सानिमा बैंकको प्राविधिक सुधार: कार्ड सेवा छिट्टै अझ सहज हुने
काठमाडाैं, ३ मंसिर । सानिमा बैंकले आफ्नो कार्ड स्विच माइग्रेसन (Card Switch Migration) गर्न लागेको छ। यस प्राविधिक सुधारका कारण केही दिन विद्युतीय भुक्तानी सेवाहरूमा अस्थायी अवरोध आउने बैंकले जानकारी गराएको छ। बैंकले यस कदममार्फत ग्राहकहरूको सेवा थप उन्नत, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
अवरुद्ध हुने सेवाहरूको समय तालिका यस प्रकार छ:
-
क्रेडिट कार्ड सेवा: २०८२ मंसिर ७ गते बेलुका १०:०० बजे देखि २०८२ मंसिर ९ गते राती ११:४५ बजे सम्म
-
सम्पूर्ण कार्ड सेवा (डेबिट कार्ड, एटीएम, POS): २०८२ मंसिर ९ गते बिहान १०:०० बजे देखि राती १०:०० बजे सम्म
-
POS सेवा: २०८२ मंसिर ८ गते बेलुका १०:०० बजे देखि २०८२ मंसिर ९ गते राती १०:०० बजे सम्म
बैंकले ग्राहकहरूमा परेको असुविधाप्रति क्षमा प्रकट गर्दै थप जानकारी वा सहयोगका लागि नजिकैको शाखा वा ०१-५११०१३३ मा सम्पर्क गर्न आग्रह गरेको छ।
यो सुधारले दीर्घकालीन रूपमा ग्राहकहरूको बैंकिङ अनुभव अझ सहज र भरोसायोग्य बनाउने अपेक्षा गरिएको छ।




