Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

सीइडीबी होल्डिङमा नयाँ नेतृत्व, देवीमाया न्यौपाने अध्यक्ष

सीइडीबी होल्डिङमा नयाँ नेतृत्व, देवीमाया न्यौपाने अध्यक्ष

काठमाडाैं, ७ मंसिर । सीइडीबी होल्डिङ लिमिटेडको नेतृत्वमा परिवर्तन भएको छ। कम्पनीका अध्यक्ष अनिलकुमार रुँगटाले व्यक्तिगत कार्य व्यस्तताका कारण पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्षको नियुक्ति गरिएको हो।

मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले रुँगटाको राजीनामा स्वीकृत गर्दै देवीमाया न्यौपानेलाई कम्पनीको नयाँ अध्यक्षमा चयन गरेको जनाएको छ। न्यौपानेको नेतृत्वमा कम्पनीले आफ्नो आगामी योजनालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सीइडीबी होल्डिङले नेतृत्व परिवर्तनलाई संस्थागत सुदृढीकरण र कार्य सम्पादन क्षमताकाे उन्नतिसँग जोडेर सकारात्मक रुपमा व्याख्या गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *