मन्जुश्रीले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ७ असोज । मन्जुश्री फाइनान्सले ९ प्रतिशत नगदका दरले लाभांस वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको फाइनान्सको बैठकले कायम चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नगद लाभांश वितरणमा ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँ खर्च हुनेछ । यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा पठाउने बताइएको छ ।