नेपाल इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेबाट फुटसल प्रतियोगिता गर्ने
काठमाडौं, १७ मंसिर । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ गतेबाट फुटसल प्रतियोगिता गर्ने भएको छ । दुई दिने उक्त प्रतियोगिता सामाखुसी फुटसलमा संचालन हुने आयोजकले जनाएको छ । फुटसल प्रतियोगिता शुक्रवार विहान ७ः३० वजे उद्घाटन गरी विहान ८ः०० वजे देखि खेल शुरु तालिका रहेको छ ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन, लघु तथा पुनर्बीमा कम्पनीहरुर तथा सर्भेयरहरु समेतको सहभागिता रहने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।



