बैंकर्स संघमा ४ नयाँ कार्यकारी सदस्य चयन
काठमाडौं, १८ मंसिर । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको कार्यकारी सदस्यमा चार जना बैंकर चयन भएका छन् । बुधबार बसेको संघको वार्षिक साधारणसभाले रिक्त रहेको सदस्य पदमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई चयन गरेको हो ।
यसअघि सदस्य रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएको थियो ।
प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको एक कार्यकाल सकि एपनि उनी दोस्रो कार्यकालका पुनः चयन भएका हुन् । यसअघि सदस्य चयन भएका एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेको कार्यकाल बाँकी नै थियो ।



