Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा करिब १४ करोड भ्रष्टाचार भएको ठहर

नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा करिब १४ करोड भ्रष्टाचार भएको ठहर

काठमाडौं, १८ मंसिर ।  भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा करिब १४ करोड रुपियाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ । अख्तियारले बुधबार प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपियाँ ७६ पैसा बिगो दाबी गर्दै त्यसमा संंलग्नहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सो कार्यमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रा.लिका तत्कालीन सञ्चालक विजय थापाको संलग्नता रहेको जनाएको छ ।

सो संरचना बनाउन सम्भाव्यता नै अध्ययन नगरिएको र खरिद ऐनका अनेक प्रावधानहरूसमेत उल्लंघन गरिएको आरोप अख्तियारको छ ।  आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिले बनाइएको उक्त हेलिपोर्ट सुरक्षाका दृष्टिले पनि उपयुक्त नरहेकोे दाबी गर्नुभयो ।

प्राधिकरणका इन्जिनियर श्रेष्ठले हेलिपोर्टको सम्भाव्यता अध्ययन गरी अगाडि बढ्न स्वीकृतिका लागि सुरुमा टिप्पणी पेस गरेमा थियो । त्यसपछि प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख निर्देशक मुरारी भण्डारीले स्वीकृतको लागि तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीसमक्ष २०७८ मंसिर ८ गते उक्त टिप्पणी पेस गर्नुभएको थियो । प्राधिकरणका तत्कालीन महानिर्देशक क्षेत्रीले ‘सम्भाव्य देखिएमा मात्र प्रक्रिया अगाडि बढाउने गरी स्वीकृत’ भनी सोही दिन टिप्पणी आदेश स्वीकृत गर्नुभएको थियो ।

सम्भाव्यता अध्ययनसम्बन्धी बाँकी काम अघि बढाउने जिम्मेवारी प्रमुख निर्देशक भण्डारीलाई दिइएको थियो । त्यसपछि भण्डारी र अर्का इन्जिनियर श्रेष्ठ मिलेर महानिर्देशक क्षेत्रीलाई थाहै नदिई डीपीआर तयार गर्नका लागि कार्यक्षेत्र शर्त र लागत अनुमानसमेत तयार गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *