Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

दुई बैंकको शेयर मुल्य समायोजन

दुई बैंकको शेयर मुल्य समायोजन

काठमाडौं, ५ मंसिर । सिभिल बैंक लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरिएको छ ।

हकप्रद शेयर निष्कासनका लागि सिभिल बैंकको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेको अनुसार बैंकको समायोजन पछिको मुल्य १९१ रुपैयाँ रहेको छ । बैंकको आधार शेयर मुल्य २१२ रुपैयाँ रहेको छ । बैंकले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद शेयर जारी गर्दैछ । हकप्रद शेयर जारीका लागि बैंकले निष्कासन प्रवन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

यस्ते बोनस शेयर वितरण गर्ने भए पछि एक्सेल डेभलपमेन्ट बैंकको शेयर मुल्य ४१२ रुपैयाँमा समायोजन गरिएको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ४५१ रुपैयाँ रहेको छ । बैंकले मंसिर १७ गते बस्ने वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ३०.१२ प्रतिशत बोनस शेयर दिंदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x