गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
काठमाडौं, १७ मंसिर । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।
उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ।
यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।
उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।



