Date

बुध, मंसिर १७, २०८२
Wed, December 3, 2025

अब सहकारीबाट रकम कारोवार गर्दा कानूनी व्यक्तिसँग मात्र गर्नुपर्ने

अब सहकारीबाट रकम कारोवार गर्दा कानूनी व्यक्तिसँग मात्र गर्नुपर्ने

काठमाडौं, १७ मंसिर । सहकारी संस्थाले व्यवसायिक वित्तिय कारोवार गर्दा अब कानूनी व्यक्ति वाहेक अन्यको व्यक्तिसँग गरिएको कारोवार अमान्य हुने सहकारी विभागले उल्लेख गरेको छ ।

सहकारी विभागबाट बुधबार जारी सूचना अनुसार सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली २०८१ को नियम १० बमोजिम व्यवसायिकक कारोवार तथा खाता सम्बन्धमा कानूनी व्यक्ति वा कानूनी प्रवन्ध व्यवसायिक कारोवारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रवन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानून बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यवसायिक कारोवारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तिय संस्थाले सोको जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने उल्लेख छ ।

जारी सूचना अनुसार आयकर ऐन, २०५८ को दफा ८१क मा व्यवस्था भए अनुसार कुनै पनि व्यक्तिले व्यवसायिक कारोवार वापत प्राप्त नगद, चेक, क्यू आर कोड, तथा अन्य कुनै विद्युतीय माध्यम प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *