२८ दिनका लागी ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं, १७ मंसिर । नेपाल राष्ट्र बैंकले २८ दिनका लागी ६० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रमा भएको तरलता व्यवस्थापन गर्नका लागी ६० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस १६ गते हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ ।
यस्तै, निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।



