Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अमेरिकी र दक्षिण कोरियाबीच खुल्ला व्यापार सन्धिमा हस्ताक्षर

अमेरिकी र दक्षिण कोरियाबीच खुल्ला व्यापार सन्धिमा हस्ताक्षर

काठमाडौं, ०९ असोज । अमेरिकी र दक्षिण कोरियाबीच संशोधित खुल्ला व्यापार सन्धिमा हस्ताक्षर भएको छ । सन् २०१२ को खुल्ला व्यापार सन्धिलाई संशोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जै इनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

व्यापार सन्धिमा हस्ताक्षरसँगै अमेरिकी कार निर्माता र औषधी उत्पादक कम्पनीहरुको व्यापार दक्षिण कोरियामा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति भए यता ट्रम्पले पहिलो पटक व्यापार सम्बन्ध विस्तार गर्ने किसिमको यस्तो सन्धि गरेका हुन् । संशोधित सन्धिको आउटलाइनको बारेमा गत मार्चमा ह्वाइटहाउसले जानकारी गराएको थियो ।

यो सन्धिले अमेरिकी किसानहरुलाई फाइना पुग्ने छ । किनभने अमेरिकी कृषि सामाग्री निर्यातको ६ औं ठूलो मुलुकको रुपमा दक्षिण कोरिया रहेको छ । गत वर्ष मात्र दक्षिण कोरियाले ६.९ अर्ब अमेरिकी डलर बराबरको कृषि सामाग्री आयात गरेको अमेरिकी फार्म व्युरो एशोसियसनले जानकारी दिएको छ । खुल्ला व्यापार सम्झौतापछि अमेरिकामा दक्षिण कोरियाको बिफ मासुको निर्यात बढ्ने छ भने अमेरिकी पोर्क मासुको निर्यात दक्षिण कोरियामा बढ्ने छ ।

दुइ मुलुकबीच खुल्ला व्यापार सन्धिमा हस्ताक्षर भएको भएपनि दक्षिण कोरियाको संसदले उक्त सन्धिलाई पास गर्न बाँकि रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x