Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमा कम्पनीहरु साइबर जोखिम बीमामा जानुपर्छ– अर्थमन्त्री

बीमा कम्पनीहरु साइबर जोखिम बीमामा जानुपर्छ– अर्थमन्त्री

काठमाडौं ०९ असोज । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा कम्पनीहरु साइबर जोखिम बीमामा जानुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय बीमा बजारमा साइबर जोखिम बीमा सुरु भइसकेको भन्दै मन्त्री खतिवडाले नेपाली कम्पनीहरुले आफ्नो दायरा विस्तार गर्दै साइबर जोखिम बीमामा जानुपर्र्ने सुझाव दिनुभएको हो । विकाशील राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलनको राजधानीमा आज उद्घाटन गर्दै मन्त्री खतिवडाले सुचना प्रविधिको क्षेत्रमा हुने जोखम न्युनिकरणका लागि साइबर जोखिम बीमा सहयोगी हुने बताउनुभयो । कार्यक्रममा मन्त्री खतिवडाल सरकारले जारी गरेको लघुबीमा र स्वास्थ्य बीमा ग्रामिण भेणका जनताहरु सम्म लैजान तयार रहन नेपाली बीमा कम्पनीहरुलाई बताउनुभयो ।

सिमावर्तिक्षेत्रमा रहेका नेपाली जनताहरुलाई भारतिय बीमा कम्पनीहरुले समेटेको बताउँदै नेपाली बीमा कम्पनीहरुलाई सो क्षेत्रमा आफ्नो बजार विस्तार गर्न निर्देशन मन्त्री खतिवडाले दिनुभयो । साथै देशको अर्थतन्त्र आयातमुखी भैरहेको अवस्थामा पुर्नबीमा कम्पनीले पुर्नबीमाको नाममा बाहिरिने रकमलाई नेपालमा नै रोकी अन्यमुलुकहरुमा सेवा विस्तार गर्न अग्रसर रहनु पर्ने बताउनु भयो ।

एसोसिएसन अफ इनसोरेन्स एण्ड रिइन्सोरेन्स अफ डेभ्लोपिङ्ग कन्ट्रीज (एआईआरडीसी)ले नेपालमा पहिलो पटक गरिरहेको २१ औं अन्तराष्ट्रिय बिमा सम्मेलनमा २० विकासोन्मुख राष्ट्रहरुको बीमा र पुर्नबीमा कम्पनीहरुको सहभागीता रहेको छ ।

सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिनुभयो । २ दिनसम्म संचालन हुने सम्मेलनमा भाग लिन २० देशबाट १ सय ५० भन्दा बढि सहभागीहरुको उपस्थिती रहेको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाइले साइबर जोखिम बीमा सम्बन्धी नीतिथ ल्याउन लागिएको जानकारी दिनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x