Date

शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

डिप्रोक्स र फर्स्ट माइक्रोफाइनान्सले गरे लाभांश घोषणा

डिप्रोक्स र फर्स्ट माइक्रोफाइनान्सले गरे लाभांश घोषणा

काठमाडौं, २५ मंसिर । डिप्रोक्स लघुवित्त कम्पनीले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

यसअघि कम्पनीले पनि ९.५ प्रतिशत बोनस सेयर सहित १० प्रतिशत लाभांश दिएको थियो।

अहिले कम्पनीको सेयर आठ सय ६८ रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो दरमा लाभांश दिने घोषणा गरेको हो।

यसअघि कम्पनीले पनि ९.४७ प्रतिशत लाभांश दिएको थियो। अहिले कम्पनीको सेयर आठ सय चार रूपैयाँमा कारोबार भइरहेको छ।

कम्पनीहरूले यसपटक प्रस्ताव गरेको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *