सकियो अन्तर्राष्ट्रिय बीमा सम्मेलन
काठमाडौं, १० असोज । अन्तर्राष्ट्रिय बीमा सम्मेलन सम्पन्न भएको छ। वित्तिय सुदृढिकरणः विपत्त जोखिम वित्तीय व्यवस्थापन र बिमा’ भन्ने नाराका साथ मंगलबार देखि काठमाडौंमा सम्मेलन सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।
बीमा समिति, नेपाल बीमक संघ, विकासशील देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसीको संयूक्त आयोजनामा संचालित सम्मेलनमा स्वदेशी तथा विदेशी विमा विज्ञ, नियमनकारी निकायका प्रतिनिधि एवं बीमा व्यवसायी सहित ५ सयको हाराहामरीमा सहभागिता रहेको थियो ।
सम्मेलनमा विभिन्न देशका विज्ञहरुले विपद जोखीम वित्तिय व्यवस्थापन र बीमाबारे विभिन्न कार्यपत्र प्रस्तुत गरि सो माथि छलफल गरिएको थियो । बीमाबारे अन्तर्राष्ट्रिय ज्ञान सिप हासिल गर्न सम्मेलन अझ फलदायी भएको अयोजकले जनाएको छ ।