Date

शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025

‘सुनले फेरि पकड बढायो’: नेपाली बजारमा लगातार दुई दिन मूल्य उकाली

‘सुनले फेरि पकड बढायो’: नेपाली बजारमा लगातार दुई दिन मूल्य उकाली

काठमाडाैं, ५ मंसिर । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। हिजो प्रतितोला ७०० रुपैयाँले महँगिएको सुन आज थप ३०० रुपैयाँ बढेर उच्चस्तरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो यही दर २ लाख ४३ हजार रुपैयाँ थियो। लगातार दुई दिनको वृद्धि गर्दै सुनले बजारमा स्थिर उकालीको संकेत गरेको देखिन्छ।

यता चाँदीको मूल्य भने आज स्थिर रह्यो। चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमै कारोबार भइरहेको छ, जसमा हिजोका तुलनामा कुनै परिवर्तन छैन।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *