दोहोरो अंकको गिरावटमा ५७ करोडको सेयर कारोबार
काठमाडौं, ११ असोज । दोहोरो अंकको गिरावटसँगै साताको सेयर कारोबार बन्द भएको छ । नेप्से परिसूचक १०.५६ अंकले घटेर १२६७.१८ विन्दुमा ओर्लिएको छ । परिसूचकसँगै कारोबार रकममा पनि कमि आएको छ ।
आज कुल १६९ कम्पनीहरुको २१ लख ९६ हजार ९ सय २६ कित्ता सेयर ५७ करोड ३८ लाख २० हजार रुपैयाँमा कारोबार भएको छ ।
दोस्रो बजारको कारोबार मापक सेन्सिटिभ परिसूचक २.४९ अंकले घटेको छ ।
आज सबैभन्दा बढि निर्जीवन बीमा समुह ६७.०२ अंकले घटेको छ भने जीवन बीमा समुह २९.०७ अंकले घटेको छ । यस्तै बैंकिङ सम्ुह पनि १२.५७ अंकले घटेको छ ।
होटल र उत्पादनमूलक समुह क्रमशः १३.०५ र २६.४७ अंकले बढेका छन् ।
सबैभन्दा बढि कारोबार हुने सूचिमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।
आज नेशनल हाइड्रोपवर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने गुमाउनेमा हिमालय पावर पार्टनर, अरुण काबेली रहेका छन् ।