गतसाता सेयर बजारमा १० अंकको बृद्धि, कारोबार रकममा पनि उल्लेख्य सुधार
काठमाडौं, १२ असोज । गतसाता सेयर बजारमा १० अंकको बृद्धि भएको छ। साताको पहिलो कारोबार दिन १२५७.६८ बिन्दुमा रहेको बजार अन्तिम दिन सम्म आइपुग्दा १२६७.१८ बिन्दुमा उक्लिएको छ ।
साताको दुई दिन बढेको नेप्से परिसूचक दुई दिन नै घटेको थियो । आइतबार र मङ्गलबार वृद्धि तथा बुधबार र बिहीबार घटेको थियो । तर सोमबार भने कारोबार नै भएन ।
गत साताको भन्दा २६ दशमलव ०२ प्रतिशतले कारोबार बढ्दा १ सय ८९ कम्पनीका ३२ हजार ६ सय २ कारोबारबाट तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरको एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २६.०२ प्रतिशत बढी हो ।