बिक्री नभएको हकप्रद सेयर लिलाम गर्दै सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं, १२ असोज । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यहि असोज १९ गतेदेखि बिक्री नभएको ३७ हजार २१६ कित्ता हकप्रद शेयर बोलकबोल मार्फत लिलाम गर्ने भएको छ ।

कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर अर्थात् २२ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरेकोमा संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फ ३६ हजार ४१६ कित्ता बिक्री हुन सकेको थिएन ।

असोज १९ देखि २६ गतेसम्म हकप्रद शेयर बोलकबोल मार्फत लिलाम आह्वान गरिएको छ । न्युनतम १०० रुपैयाँदेखि बोलकबोल गर्न पाइने र बोलकबोल गर्दा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइने छ । सेयर निष्काशनका लागि बिक्री प्रवन्धक एनएमबी क्यापिटलाई नियुक्त गरिएको छ ।

हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *