Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनता बैंकमा अनलाइनबाटैै खाता खोल्ने सुबिधा

जनता बैंकमा अनलाइनबाटैै खाता खोल्ने सुबिधा

काठमाण्डौ, १२ असोज । सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । जनता बैंकको बेभ साइटमा गएर स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट खाता खोल्न सकिने बैंकले जनाएको छ।

यस सुविधाबाट स्वदेश तथा विदेशका जुनसुकै स्थानमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकका अनुसार यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाताखोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने छ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x