Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमाथि छलफल

महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमाथि छलफल

काठमाडौं, १४ असोज । महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले औल्याएका बजेट अनुशासन र स्रोत सुनिश्चितता, सार्वजनिक खरिद, आयोजना व्यवस्थापन, आन्तरिक नियन्त्रण र कारोबारको यथार्थता, राजस्व प्रशासन, संस्थानको लेखापरीक्षणको अवस्था, सेवाप्रवाह व्यवस्थापन तथा जिम्मेवारी र जवाफदेहिता लागायतका मुख्य मुख्य विषयहरुको बारेमा जानकारी गराएका छन् ।

सार्वजनिक लेखा समितिका नव निर्वाचित सभापति भरतकुमार शाह र महालेखापरीक्षक शर्मा, दंगालबीच महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले औंल्याएका महत्वपूर्ण व्यहोरा तथा मुलुकको वित्तीय प्रशासनको अवस्था सम्बन्धमा संघीय संसद सचिवालय, सिंहदरबारमा आयोजित छलफल कार्यक्रम उक्त जानकारी गराइएको हो ।

छलफल कार्यक्रममा समितिका सभापति र सदस्यहरुले स्थानीय तहको लेखापरीक्षण र सुशासन तथा ंसेवा प्रवाहको अवस्था, गैर बजेटरी खर्च, राजस्व लक्ष्य प्राप्ती तथा विकास बजेट, लेखापरीक्षण नगराएका निकाय, विमान खरिद, गतविगतको बेरुजु फछ्र्यौट लगायतका विषयमा आ–आफ्ना धारणा, जिज्ञासा र राय व्यक्त गरेका थिए । लेखापरीक्षणका माध्यमबाट सार्वजनिक स्रोत साधनको परिचालन तथा सदुपयोग भए नभएको एकीन गर्नुका साथै लेखापरीक्षणलाई प्रभावकारी बनाउन समितिबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । त्यसैगरी सदस्यहरुले सार्वजनिक लेखा समितिले गरेका निर्णय कार्यान्वयनको सम्बन्धमा राय व्यक्त गर्दै आर्थिक अनुशासनहिनताले मुलुकमा अराजकता बढाएको र यसले महालेखापरीक्षकको कार्यालय तथा सार्वजनिक लेखा समितिमाथि थप चुनौति सिर्जना भएको उल्लेख गरे ।

सदस्यहरुले राखेको धारणा तथा जिज्ञासामाथि महालेखापरीक्षकले बेरुजू फछ्र्यौटका लागि सम्बन्धित निकाय र पदाधिकारी नै जिम्मेवार हुने उल्लेख गर्दै सदस्यहरुले उठान गरेका कतिपय विषयवस्तुहरु महालेखापरीक्षकको प्रतिवेदनमा समावेश गरिएको बताए । साथै लेखापरीक्षणका क्रममा औंल्याईएका व्यहोराहरु सम्बन्धित निकायले कार्यान्वयन गरेमा वित्तीय अनुशासन तथा जवाफदेहिता कायम गर्न सकिने समेत बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x