Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

युनिलिभरमा एक जना संचालक चयन गर्न कात्तिक ६ मा निर्वाचन

युनिलिभरमा एक जना संचालक चयन गर्न कात्तिक ६ मा निर्वाचन

काठमाडौं, १५ असोज । युनिलिभर नेपाल लिमिटेडमा सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने एक जना संचालक चयन गर्न निर्वाचन हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गरि आगामी कात्तिक ६ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको छ ।

कार्यतालिका अनुसार असोज २६ गते उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ । २८ गते दिउँसो १ बजे सम्म उम्मेदवारी उपर दाबी विरोधको समय छुट्याइएको छ भने २९ गतेका २ बजे सम्मका लागि उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको छ ।

कात्तिक ६ गते होटल अन्नपूर्णमा २५ औं साधारण सभा एवं मतदान कार्यक्रम रहेको जनाइएको छ । सोही दिन नै मतगणना गरि निर्वाचन परिणाम घोषणा गरिने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x