Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विश्व लगानीकर्ता सप्ताह २०१८ अन्तर्गत, इक्रा नेपालको अन्तरकृर्या कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०१८ अन्तर्गत, इक्रा नेपालको अन्तरकृर्या कार्यक्रम

काठमाण्डौ, १६ असोज । विश्व लगानीकर्ता सप्ताह २०१८ अन्तर्गत रहेर इक्रा नेपालले मंगलबार राजधानीमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । असोज १७ गते सोमबारबाट शुरु भएको विश्व लगानी सप्ताहको पहिलो दिन धितोपत्र तथा वस्तुबिनिमय र बजार सम्बन्धी संयुक्त रुपमा विभिन्न कार्यक्रमहरु र ¥याली गरि सम्पन्न गरिएको थियो ।

धितोपत्र बोर्डले लगानी सप्ताह अबधीमा कुनै न कुनै कार्यक्रमहरु गर्ने निर्देशन दिएको हुनाले दास्रो दिन इक्रा नेपालले कम्पनी रेटिङ्ग र त्यसका फाईदाहरु सम्बन्धी जानकारी मुलक अन्तरकृया कार्यक्रम गरेको हो । इक्रा नेपालले विगत ६ बर्षदेखी नेपालका विभिन्न कम्पनीहरुको क्षमता, कार्यस्तर, प्राथमिक, हकप्रद र थप निष्काशन, कम्पनीको कोष व्यवस्थापन गरी कम्पनीको गुणस्तरको मापन गरिरहेको छ ।

हाल सम्म २ सय २० वटा कम्पनीहरुको रेटिङ्ग इक्रा नेपालले गरिसकेको छ । राष्ट्र बैंकले आर्थिक बर्ष २०७५÷०७६को मौद्रिक नीति मार्फत सबै बाणिज्य बैंकहरुले कम्पनी मापन अनिवार्य गर्नु पर्ने व्यवस्था गरेको छ । सो व्यवस्था पश्चात हाल सम्म १० वटा बाणिज्य बैंकको कम्पनी मापन गरि सकेको १ बाणिज्य बैंकको मापन कार्य भइरहेको र १७ बटा बाणिज्य बैंकहरु मापन गराउने प्रकृयामा रहेको इक्रा नेपालले जानकारी दिएको छ । नेपालमा पहिलो पटक कम्पनी मापन गर्ने संस्थाको रुपमा इक्रा नेपालको स्थापना भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x