आँखु खोला हाईड्रोपावरले १३ करोड ७६ लाख आईपिओ वितरण गर्ने

काठमाण्डौ, १६ असोज । आँखु खोला हाईड्रोपावर कम्पनीले असोज २३ गते देखी २६ गते सम्म साधारण शेयर (आईपिओ) वितरण गर्ने भएको छ । निष्काशन गरिने १३ करोड ७६ लाख २ हजार रुपैयाँको साधारण शेयर ढिलोमा कात्तिक ६ सम्म बन्द हुने कम्पनीले जनाएको छ ।

निष्काशन गरिने उक्त शेयर मध्ये सामुहीक लगानी कोषहरुलाई ६८ हजार ८ सय १ कित्ता र २७ हजार ५ सय २० कित्ता शेयर कर्मचारीहरुका लागी वितरण गरिने छ । बाकी रहेको १२ लाख ७९ हजार ६ सय ९९ कित्ता शेयरमा भने सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गरेको आईपिओमा लगानीकर्ताले न्युनतम ५० कित्ता देखी अधिकतम ६ हजार कित्ता सम्म आवेदन दिन पाउने छन् । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *