Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइएमई प्रिभिलेज कार्ड वाहकले एन्टीक फेसनमा छुट पाउने

आइएमई प्रिभिलेज कार्ड वाहकले एन्टीक फेसनमा छुट पाउने

काठमाडौं, १७ असोज । आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा ३० प्रतिशतसम्म छुट प्राप्त पाउने भएका छन् । आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोर वीच उक्त सम्झौता भएको हो ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्नेछ । यो सम्झौता असोज १० गतेदेखि एक वर्षसम्मका लागि लागु हुने जनाइएको छ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x