Shangrila

सुनको मूल्य एकै दिन नौ सयले बढ्यो, प्रतितोला ५९ हजारमा कारोबार

काठमाडौं, १७ असोज । बुद्यबार स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिनमा प्रतितोला नौ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुन आज नौ सयले बढेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्ला केही दिन यता सुन लगातार बढिरहेको छ । तेजावी सुन भने ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोलामा ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *