Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सेयर बजारमा पुन १० अंकको गिरावट

सेयर बजारमा पुन १० अंकको गिरावट

काठमाडौं, १७ असोज । सेयर बजारमा आज पुन दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन २.६९ अंकले बढेको बजार आज १०.७६ अंकले घटेर १२३०.६० को बिन्दुमा झरेको छ ।

कारोबारमा आएका मध्ये व्यापार र होटल बाहेकका अन्य सबै समूहको परिसूचक ओरालो लागेपछि समग्रमा बजार घटेको हो । व्यापार समूहको परिसूचक ४.२२ र होटल समूहको परिसूचक ५.५६ अंकले बढेको छ।

तर बैंकिङ समूह १०.१२, विकास बैंक ११.५२, हाइड्रोपावर १५.१६, निर्जीवन बीमा समूह ५१.३८ र जिवनबीमा समूहको परिसूचक ३७.४५ अंकले घटेको छ ।

त्यस्तै आज १ सय ६५ कम्पनीको ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा एनएमबी बैंकको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x