Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएफआरएसले बैंकहरुको साधारण सभा समेत पछि धकेलियो

एनएफआरएसले बैंकहरुको साधारण सभा समेत पछि धकेलियो

काठमाडौं, १७ असोज । नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा यसपटक कुनै पनि बाणिज्य बैंकहरुले साधारण सभा बोलाउने छाटकाट देखाएका छैनन । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र अनिवार्य रुपमा बार्षिक साधारण सभा गर्नुपर्ने कानुनी प्रावधान भएपनि विगतमा केही बैंकहरुले पहिलो त्रैमासिक भित्रै साधारण सभा बोलाएर दशै आसपासमा लाभांश वितरण गर्ने गदर्थे ।

तर यसपटक केही विकास बैंकहरुले मात्र साधारण सभा बोलाएका छन् । केही विकास बैंकले नेपाल राष्ट्र बैंकमा आवेदन दिएको भएपनि बाणिज्य बैंकहरुले भने साधारण सभा बोलाउने सुर–सार गरेका छैनन । नीजि मात्र होइन सरकारी स्वामित्वका बैंकहरुले समेत साधारण सभाको लागि आवेदन दिएका छैनन ।

यसपटक देखि नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको वित्तिय प्रतिवेदन प्रकाशनमा अन्तर्राष्ट्रिय मापदण्ड सहितको नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणाली लागु गरेको छ । सोही कारण पनि साधारण सभा बोलाउन ढिला हुन गएको मेघा बैंक नेपालका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले बताए । ‘ एनएफआरएस लागु भएको सुरुवाती क्रममा केही प्राविधिक कारणले गर्दा लेखापरीक्षणमा समस्या देखिएको छ उनले भने – त्यसले गर्दा यो पटक कात्तिक मसान्त अवागै कुनै पनि बैंकले साधारण सभा बोलाउन सक्लान जस्तो मलाई लाग्दैन ।’

एनएफआरएस पद्धति अनुसार लेखा परीक्षण गर्दा विगत तीन आर्थिक वर्षको वित्तिय बिवरण समावेश गर्नुपर्ने हुन्छ । विकास बैंकहरुमा आागमी आर्थिक वर्ष देखि एनएफआरएस लागु गर्ने राष्ट्र बैंकको तयारी छ ।

एनएफआरएसको केही प्राविधिक समस्याले साधारण सभा बोलाउन ढिला भएको हुन सक्ने आँकलन सहित नेपाल राष्ट्र बैंकले पनि नेपाल बैंकर्स संघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) सँग छलफलको तयारीमा लागिरहेको राष्ट्र बैंकका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए ।

उसो त केही बैंकहरुले विगतमै पनि समयमा साधारण सभा नगरेका उदाहरणहरु प्रशस्त छन् । साधारण सभाले लगानीकर्तालाई आफ्नो कम्पनीको वित्तिय सहित अन्य अवस्थाको बारे प्रत्यक्ष बुझ्नुका साथै आफ्नो धारणा राख्न पाउने अवसर हो । साथै संचालक समितिको प्रस्ताव वा कुनै निर्णयमा लगानीकर्ताले आफ्नो मत राख्न पाउने भएकाले माफ्नो मत राख्ने अवसर पनि हो । तसर्थ कुनै पनि पब्लिक कम्पनीको साधारण सभामा सहभागि हुन पाउनु लगानीकर्ताको अधिकार हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x