हिमालयन जनरलको १५ प्रतिशत नगद लाभांश
काठमाडौं, ६ मंसिर । हिमालयन जनरल इन्स्योरेन्सको संचालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिएको छ । मंसिर ५ गते बसेको कम्पनीको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
हिमालयन जनरलले ५ करोड ७७ लाख ८० हजार रुपैयाँ शेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीको २४औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित नगद लाभांशलाई पारित गर्नेछ । कम्पनीको गत आर्थिक वर्षको अन्त्यमा ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी थियो । यस्तै कम्पनीले जारी गरेको १६६.६७ प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहने छ ।