आइएमई पे र बससेवा ट्रावल एण्ड टुर बिच सम्झौता
काठमाडौं, १८ असोज । बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आउनुभएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्नेछन् । यस व्यवस्था सँगै नजीकदै गरेको नेपालीहरुको महान पर्व दशैँमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ ।
तेहृ हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा दिरहेको छ । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।