Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चिनीको मूल्य प्रतिकेजी ६३ रुपैंया कायम राख्न लेखा समितिको निर्देशन

चिनीको मूल्य प्रतिकेजी ६३ रुपैंया कायम राख्न लेखा समितिको निर्देशन

काठमाडौं, १९ असोज । संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य मनपरी ढंगले वृद्धि हुँदा पनि सरकार मूकदर्शक बसेको भन्दै चिनीको मूल्य ६३ रुपैँया प्रतिकेजी कायम गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व बजारमा चिनीको मूल्य घट्दै गएपनि नेपालमा भने सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि व्यापारीहरुले आफूखुसी मूल्य बढाउन थालेका छन् । धेरै चिनी खपत हुने चाडपर्वको समयमा चिनीमा प्रतिकिलो १५ रुपैँया मूल्य बढाइएको छ ।
सरकारले आयातीत सस्तो चिनीका कारण स्वदेशी उद्योगका उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । यो वर्षका लागि एक लाख टन आयातको कोटा तोकिएकोमा सो भन्दा बढी परिमाणात्मक बन्देज लगाउनु पहिल्यै आयात भैसकेको बताइएको छ । स्वदेशी चिनी उद्योगीको दबाबमा सरकारले पहिले चिनी आयातमा भन्सार दोब्बर गरी ३० प्रतिशत पुर्याएको थियो । त्यसले पनि आयात निरुत्साहीत नभएपछि स्वदेशी चिनी उद्योगीसँग मूल्य ६३ रुपैँया प्रतिकेजी नबढाउने शर्तमा परिमाणात्मक बन्देज लगाएको सरकारी अधिकारीहरु बताउँछन् । तर, सरकारले परिमाणात्मक बन्देज लगाएपछि चिनीको कृत्रिम मूल्यवृद्धि गरी लाभ उठाउने ध्याउन्नमा व्यापारीहरु लागेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x