Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि एडीबीको १८ करोड डलर ऋण

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि एडीबीको १८ करोड डलर ऋण

काठमाडौं, १९ असोज । एसियाली विकास बैंकले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका लागि १८ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ । सडक स्तरोन्नतिले नेपालको यातायात व्यवस्था प्रभावभारी हुनुका साथै आर्थिक वृद्धि, व्यापार प्रवद्र्धनका लागि राष्ट्रिय र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार हुनुका साथै सडक सुरक्षामा समेत प्रभावकारिता आउनेछ । यो परियोजनाको कुल लागत २५ करोड ६४ लाख डलर रहेकोमा सरकारका तर्फबाट ७ करोड ६४ लाख खर्च हुनेछ ।
नेपालका ८ ओटा उत्तर–दक्षिण र ३ ओटा पूर्व–पश्चिम सडकले ९० प्रतिशत यात्रु र वस्तु ढुवानी गर्छन् । यो परियोजनाले समेट्ने सडकमा दैनिक ८,६०० सवारी साधन गुड्ने गर्छन् । सन् २०३३ सम्म दैनिक गुड्ने सवारी साधनको संख्या २५ हजार ४०० पुग्ने अनुमान गरिएको छ । यो परियोजनाले कञ्चनपुर देखि कमलासम्म ८७ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्नेछ । चार लेनको सडक ट्राफिकको बढ्दो मागलाई मध्यनजर गरी स्तरोन्नति हुनेछ । यसले सडक दुर्घटना कम गरी सडक सुरक्षालाई समेत कायम गर्नेछ । यो परियोजनाले सम्पूर्ण पूर्वपश्चिम १,०२७ किमीमा सडक सुरक्षाका लागि आवश्यक उपकरणहरु जडान गर्नेछ भने सडक सुरक्षा अभियान पनि सञ्चालन गर्नेछ । ऋण सँगै एडिबीले ७ लाख ५० हजार डलर बराबरको प्राविधिक सहायता अनुदानका रुपमा पनि दिने बताइएको छ । परियोजना सन् २०१९ को मार्चभित्र सुरु भई सन् २०२२ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x