कात्तिक दोस्रो साता नविकरणीय उर्जा सम्मेलन हुँदै
काठमाडौं, ६ कात्तिक । आगामी साता काठमाडौंमा नविकरणीय ऊर्जा सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको संयूक्त आयोजनामा कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौमा सम्मेलन हुदैछ ।
सम्मेलनमा नेपाल सहित २० देशको सहभागिता रहने बताइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । सोही कारण अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिकाबारे जानकारी लिन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।