फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफामा कमि

काठमाडौं, ०६ कात्तिक । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफामा कमि आएको छ ।

वित्तीय संस्थाकोे चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा ४.४ प्रतिशतले कमि आएको छ । लेखापरीक्षण नभएको तथ्यांक अनुसार समिक्षा अवधीमा संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा २ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यस्तै वित्तीय संस्थाको खुद व्याज आम्दानीमा पनि कमि आएको छ । समिक्षा अवधीमा ३ करोड ७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

समिक्षा अवधीमा फस्र्ट माइक्रोफाइनान्सले ४ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो  वर्ष पहिलो ३ महिनामा ३ अर्ब ५२ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *