काठमाडौं, ६ कात्तिक । सरकारले अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रामा जाँदा लाग्ने प्रवेश शुल्क वृद्धि गरेपछि पदयात्रा व्यवसायीहरुले विरोध गरेका छन् । सरकारले गत असोज २९ गते देखि लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गरी प्रतिव्यक्ति २ हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।
मनास्लु र अन्नपूर्ण क्षेत्रमा वार्षिक हजारौं पर्यटकहरु पदयात्राका लागि जाने गर्छन । नेपालको पर्यटन क्षेत्रको सबैभन्दा महत्वपूर्ण रहने गरेको व्यवसायीहरु बताउछन् । विगतमा विदेशी पर्यटकलाई २ हजार रुपैयाँ सहित अतिरित्त मूल्य अभिबृद्धि कर लाग्ने गरेको थियो भने नेपालीलाई शूल्क लाग्ने गरेको थिएन । तर अहिले नेपालीलाई पनि एक सय रुपैयाँ प्रबेश शूल्क तोकेको छ ।
शुल्क वृद्धि गरेर पर्यटन क्षेत्रमा नकारात्मक सन्देश फैलाउन खोजेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले बताए । उनले सरकारले व्यवसायीहरुसँगको छलफल र जानकारी बिनै शूल्क बृद्धि गरेको भन्दै बढेको शूल्कलाई सन् २०१९ देखि मात्र लागु गर्नुपर्ने बताए । ‘एक बर्ष अगाडि नै हामीले प्याकेज लिएका हुन्छौं, अर्थको अर्थसँग उनले भने–त्यसकारण विगतको शूल्क अनुसार नै हामीले प्याकेज लिएर फेरी पछि बृद्धि भयो भन्दा एजेन्सीहरुलाई ठुलो नोक्सानी हुन्छ । सरकारले अहिलेलाई शूल्क बृद्धि फिर्ता गरि सन् २०१९ देखि लागु गर्न उपयूक्त हुन्छ । ’
सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागिरहेको अवस्गथामा नेपाल आउने पर्यटकलाई थप छुट दिनुपर्नेमा उल्टै पर्मिट बढाएर पर्यटन क्षेत्रलाई नै प्रहार गरेको बताउँदै टानले शुल्क वृद्धि फिर्ताका लागि दबाब दिने पनि महासचिव शेर्पाले बताए ।
यस्तै सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय रुपमा होटलको समिति बनाई गोरक्सेप र लोबुचेमा एक कोठाको प्रति दिन ७ सय र त्यसदेखि तल ५ सय रुपैयाँ लिने गरेको छ । मनास्लु क्षेत्रमा पनि समितिले गाइड तथा सहयोगीसँग प्रति व्यक्ति प्रति दिन ४ सय रुपैयाँ आफुखुसी लिने गरेको भन्दै टानले सरकारको ध्यानाकर्षण गराएको छ।